असोज १९, २०७८
चौतारा : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जेष्ठ पत्रकार जीवन निर्वाह (मासिक) भत्ता दिन सुरु गरेको छ । लामो समयदेखि साहित्य एवम् पत्रकारीता क्षेत्रमा योगदान पुर्याएका ७५ बर्षिय राम केसीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरण अभियान सुरु गरेको हो।
विजया दशमी तथा दिपावलीको अवसरमा महासंले आयोजना गरेको चियापान कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार केसीको जीवन संगिनि टिकालक्ष्मी केसीलाई सहायता रकमको चेक हस्तान्तरण गरेका हुन् ।
विगत केही बर्षदेखि अस्वस्थ रहेका केसी कार्यक्रममा उपस्थित हुन नसकेपछि उननकी श्रीमतीलाई बर्षदिनको एकमुष्ठ १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले आफ्नो पेसाप्रति जिम्मेवार हुन सबै सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
६० बर्ष पुगेका शाखा सदस्यलाई सहायता स्वरुप मासिक १ हजार दिइने शाखा अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए।
शाखाले खडा गरेको कल्याणकारी कोषबाट उक्त रकम प्रधान गरिने शाखाका कोषाध्यक्ष नेत्र पौडेलले बताए।
२ जनालाई निःशुल्क शिक्षा
पत्रकार महासंघको सिफारिसमा चौतारा स्थित जुगल बोर्डिङ स्कुलले पत्रकारहरुको छोराछोरीलाई निशुल्क पढ्न दिने भएको छ। महासंघको सिफारिमा २ जनालाई १० कक्षा सम्म निःशुल्क अध्यापन गराउने सहमति भएको हो।
महासंघले सिफारिस गरिपठाएको २ जना विद्यार्थीलाई नर्सरी देखि १० कक्षा सम्म भर्ना शुल्क र मासिक शुल्क नलिने जुगल बोर्डिङको प्रिन्सिपल ओमप्रकाश उप्रेतिले बताए ।
अभावमा सहयता
कोरोना भाइरसको कारण अक्सिजन अभाव भएको बेलामा सिन्धु शाखाले विभिन्न दाताहरुबाट सहयोग संकलन गरि १ सय थान अक्सिजन सिलिन्डर जिल्ला कोभिड संकट वयवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।
संकलित रकमबाट कोभिड संक्रमित भएका १४ जना शाखा सदस्यहरुलाइ जनहि १० हजार सहायता गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । दाताहरुबाट १६ लाख रुपैयाँ संकलन भएको शाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस