२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

पदीय जिम्मेवारीमा दृण छु, कानुनभन्दा बाहिर गएको छैन : सभामुख

  • २०७८ आश्विन १८, सोमबार मा प्रकाशित ३ साल अघि
  • असोज १८, २०७८

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्।

    संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले यस्तो बताएका हुन्।

    इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए। संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहो¥याए।

    संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गरे।

    सभामुख सापकोटाले भने, ‘हामीले जुन प्रण गरेका छौं। संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने। त्यो सूत्र वाक्यलाई मैले त सधैंभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसदको कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं।’

    गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दावी गरे। दर्शन शास्त्रलाई उदृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राखे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस