२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सिन्धुपाल्चोक आसपासमा भूकम्पको धक्का महसुस

  • २०७८ आश्विन १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • असाेज १६, २०७८

    चाैतारा : सिन्धुपाल्चोक जिल्ला आसपासमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार साँझ ८ बजे सिन्धुपाल्चोकसहित काभ्रे र काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्युटकाे भूकम्प गएकाे हाे। भुकम्पपछि स्थानीयकाे भागाभाग समेत भएको छ।

    यसअघि शुक्रबार सिन्धुपाल्चोकको जेठल केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको थियो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

    २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ।

    भूकम्पबाट क्षति भए नभएको विस्तृतमा अाउन बाँकी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस