२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

राजसंस्था र हिन्दू राज्यको मागसहित जनतामाझ जान्छौँ : जबरा

Thumbnail
  • २०७८ आश्विन १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • असोज १६, २०७८

    चौतारा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले ठूला दलले जनभावनाअनुसार काम गर्न नसकेको बताएका छन्। राप्रपा सिन्धुपाल्चोक क्षेत्र–२ तथा प्रदेश क र ख को मेलम्चीमा अधिवेशन उद्घाटन गर्दै मेलम्ची बाढी आएर तहसनहस बनाएको घटनाले आफू दुःखी भएको बताए ।

    राणाले चन्द्र शम्शेरको पालामा बनेको झोलुङ्गे पुल र आफू मन्त्री हुँदा बनाएको पक्कीपुल बाढीले बगाएको भन्दै आफूले ती पुल बनाउने प्रतिबद्धता जनाए ।

    तत्काल राहत र उद्धारको काम सकिएको भन्दै राणाले अब सरकारले बस्ती स्थानान्तरण र व्यवस्थापनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

    जनताले कम्युनिष्टलाई पाँच वर्ष शासन गर्न आदेश दिए पनि कम्युनिष्टले भ्रष्टाचार र बेथिति गरेर जनतालाई दुःख दिएको राणाले आरोप लगाए ।

    कांग्रेस सरकारले पनि तीन महिना हुन लाग्दा पनि मन्त्री परिषद्लाई पूर्णता दिन नसकेकाले अब ठूला दलले जनभावनाको कदर गर्न नसक्ने उनको भनाइ थियो ।

    वडा, नगर, गाउँँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्पन्न गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिए । केन्द्रीय अधिवेशनपछि हुने चुनावमा राजसंस्था र हिन्दू राज्यको मागसहित जनतामाझ जाने र राप्रपालाई मतदाताले विश्वास गर्नेमा आफू ढुक्क रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस