२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

प्रलोभनमा पारेर करणी गर्ने मानेस्वारा सागर १० वर्षपछि पक्राउ

  • २०७८ आश्विन १०, आईतबार मा प्रकाशित ३ साल अघि
  • असोज १०, २०७८

    चौतारा : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरिएको छ । सिन्धुपाल्चोक मानेस्वारा घर भई भक्तपुर सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ को फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने आदेश दिएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोले सल्लाघारीबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार तामाङले २०६८ कार्तिक २० मा १५ वर्षीया किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर दोलालघाटबाट लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बर कोठामा जबरजस्ती करणी गरेका थिए ।

    बुधबार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाईएको ब्युरोले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस