२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पाङताङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • २०७८ आश्विन ९, शनिबार मा प्रकाशित ३ साल अघि
  • असोज ९, २०७८

    चौतारा : सिन्धुपाल्चोकमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ।

    सदरमुकाम चौताराबाट करीब पाँच कोष उत्तरतर्फको जुगल गाउँपालिका ५ पाङताङ केन्द्रबिन्दु भएर आज दिउँसो १२ बजेर १२ मिनेटमा भूकम्प गएको हो।

    भूकम्पको कम्पन सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र आसपासका जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो २०७२ वैशाख १२ गतेको महाभूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।

    यसअघि गत सोमबार दार्चुलाको खारा केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस