२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

कांग्रेसको वडा अधिवेशन : संस्थापनइतर पक्षले बलेफिमा च्यात्यो माइन्युट !

  • २०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • असोज ५, २०७८

    चौतारा : बलेफि गाउँपालिका ५ मा कांग्रेसको वडा अधिवेशनमा विवाद देखिएको छ। आज भएको अधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद देखिएको हो।

    सहमति जुट्न नसकेपछि महिला संघको अध्यक्ष गीता नेपालले माइन्युट च्यातेकी छन् । उनी संस्थापनइतर पक्षकी हुन्।

    आफुलाई हराउन भन्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले इकाई सभापति कृष्णभक्त नेपाललाई प्रयोग गरि विधान विपरीत कार्य गरेपछि निर्वाचनको माइन्युट च्यात्नुपरेको उनले बताइन्।

    नेता बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन्। सिन्धुपाल्चोक जिल्लामा यसअघि पनि संस्थापन पक्ष र रामचन्द्र पौडले पक्षबीच विवाद हुुदै आइरहेको छ। कांग्रेस जिल्ला सभापति विकास लामा पौडेल पक्षका हुन्। सिन्धुपाल्चोकमा जिल्ला सभापति लामा र नेता बस्नेतबीच टकराब पर्ने गरेको छ।

    राजनीतिमा महिला सहभागिता कम रहेको समयमा सिन्धुपाल्चोकमा आज भएको कांग्रेस अधिवेशनमा धेरै ठाउँमा महिला प्रतिनिधिबीच निर्वाचन गराईएको थियो।

    निर्वाचन गर्ने भए सबै पदमा गरौ नत्र महिलामा मात्रै किन भन्ने विवाद सुरु भएपछि माइन्युट च्याताच्यात भएको हो।

    विधानत ५ बजे पछि निर्वाचन प्रक्रिया गर्न नमिल्ने व्यवस्था हुदाहुदै निर्वाचन अधिकृतलाई इकाई सभापतिले दबाव दिएपछि ५ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो ।

    उक्त प्रक्रियाको अन्त्य नहुदै नेपालले माइन्युट च्यातेकी थिइन्। नेपालले माईन्युट च्यातेपछि उक्त वडामा ६ बजेपछि पुन मतदान गरिएको थियो।

    जिल्ला निर्वाचन अधिकृतलाई उक्त स्थानको निर्वाचन स्थगित गराउन भनेपनि निर्वाचन अधिकृतले मतदान गराएका थिए। नेतृ नेपालले सिन्धुपाल्चोकलाई डडेलधुरा हुन नदिने बताएकी छिन् ।

    उनले भनिन्, ‘म क्षेत्रीय प्रतिनिधि नआए केही हुन्न । यो मेरो लडाइँ विधि र प्रक्रिया मिच्नेविरुद्धको हो। कोही व्यक्ति बलियो हुन पार्टी कमजोर पार्न दिन्न।’

    कतै सहमति त कतै निर्वाचन र विवादकै बीचमा सिन्धुपाल्चोकको १ सय ३ वटा वडामा कांग्रेस अधिवेशन भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस