२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

शब्द सारथीको नियमित शृङ्खला सुरु

  • २०७८ आश्विन २, शनिबार मा प्रकाशित ३ साल अघि
  • असोज २, २०७८

    चौतारा : यहाँबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृङ्खला पुनः सुरु गरिएको छ । शुक्रबार शब्द सारथीको ९६औँ शृङ्खला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सभाहलमा सम्पन्न भएको छ ।

    कोरोना महामारीका क्रममा रोकिएको शृङ्खला अब नियमित सञ्चालन गरिने सारथीका अध्यक्ष अमित घिमिरेले बताए ।

    उनले भने, कोरोनाका कारणबीचमै स्थगित गरिएको थियो। अहिले जनजीवन सामान्य अवस्थामा फर्किएकाले फेरि सुरुआत गरिएको हो ।

    ९६औँ शृङ्खलामा साहित्यकार जिएस नेपाल, टीका शर्मा, सम्भू बैरागी, बेली विक, हरिशरण श्रेष्ठ, विजय नेपाल, सुन्दर शिरीष, अमित घिमिरेलगायतले कविता वाचन गर्नुभएको थियो ।

    दुई दर्जन सारथी तथा स्रष्टा उपस्थित शृङ्खलामा विशेष स्रोता चौतारा साँगाचोकगढी नगरपालिकाका रोजगार संयोजक चिरञ्जीवी कट्टेलले साहित्यले समाजलाई सही गन्तव्यमा पु¥याउन मद्दत गर्ने हुँदा शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताए ।

    साहित्यलाई प्रवद्र्धन गर्ने र नयाँ स्रष्टालाई प्रतिभा प्रस्फुटन गर्न थलो प्रदान गर्ने उद्देश्यले २०७५ असोज १६ गते शब्द–सारथी सुरुआत गरिएको थियो ।

    छजना साहित्यिक अभियन्ताबाट सुरु गरिएको पहिलो शृङ्खला हुँदै हालसम्म १०० भन्दा बढी साहित्यिक व्यक्तिले रचना सुनाइसकेका छन् । शृङ्खला सुरु भएपछि विभिन्न आन्दोलन, पहिचानको खोजी, समृद्धि र समुन्नत समाजका पक्षमा यो संस्था अनवरतरुपमा अगाडि बढेको छ ।

    शब्द सारथीले गौराती भीमेश्वर मेलाका अवसरमा पर्यटनका लागि साहित्य, कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका निम्ति कविता, सिन्धु साहित्य उत्सव, पुस्तक विमोचन कार्यक्रम शृङ्खलाकै क्रममा गरेको छ ।

    त्यस्तै, साहित्यका विविध विधालाई समेट्ने ध्येयले मुक्तक विशेष, हाइकु विशेष, बाल साहित्य विशेषजस्ता शृङ्खलासमेत गरेको शब्द सारथीले जनाएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस