२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अब अरूलाई होइन आफैलाई गाली गरौँ : प्रचण्ड

  • २०७८ भाद्र ३०, बुधबार मा प्रकाशित ३ साल अघि
  • भदौ ३०, २०७८

    चौतारा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूले अब आफैंले आफैंलाई गाली गर्नुपर्ने बताएका छन् ।

    बुधबार स्व. नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अबस्था आएको बताएका हुन् ।

    ‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौ । विगत ८, १० वर्ष अरुलाई गाली गरेर बितायौँ । अब आफैलाई गाली गरौ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ’ प्रचण्डले त्यसो गर्न सके आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सकिने धारणा राखे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस