२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नेकपा (एस)को आरोप : ओलीले देश नै विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाए

  • २०७८ भाद्र २६, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ २६, २०७८

    चौतारा : नेकपा (एकीकृृत समाजवादी) पार्टी सिन्धुपाल्चोकले एमालेको अध्यक्ष केपी शर्मा ओलीले देशलाई विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाएको आरोप लगाएको छ।

    शनिबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेकपा (एमाले) जस्तो नेपाली माटोको विशेषता अनुरुप मार्क्सवादलाई सिर्जनात्मक प्रयोग गर्ने क्रान्तिकारी इतिहासको पर्याय बनेको पार्टीलाई अराजनीतिक भीड मार्फत कब्जा गर्ने र नवौ महाधिवेशनको राजनीतिक र साङ्गठनिक फैसला लत्याउने अध्यक्षको कदम चालिरहे।’

    ‘नेकपा (एमाले) का तत्कालीन वरिष्ठ नेताहरुसहित बहुमत स्थायी कमिटी नैताहरुको आह्वानमा २०७८ फागुनमा ललितपुरमा भएको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीको नेतृत्वमा देखा परेको दक्षिणपन्थी विचलनकाविरुद्ध सङ्घर्ष गर्दै पार्टीको आधारभूत तहदेखि नै पुनर्गठन गर्नै ऐतिहासिक फैसला लिएको उल्लेख गरेको छ।

    सोही फैसला बमोजिम सबै तहमा देखा परेको दक्षिणपन्थी विचलतबाट पार्टी पढ्क्तिलाई शुद्धिकरण गर्ने लक्ष्यकासाथ केन्द्रदेखि पालिकासम्म कमिटी पुर्ने भने वार्ता मार्फत गल्तीको अनुभूति गराउने र नेतृत्वको रुपान्तरणको प्रयोजनले केन्द्रमा कार्यदल बनाएर पार्टी एकता जोगाउन हरसम्भव प्रयास भएको बताएका छ।

    ‘पार्टी अध्यक्षले आफूलाई सच्याउन तयार पार्नु पर्नेमा उल्टै कार्यदलमा समाबेश नेतालाई विभिन्न प्रलोभनमा पारेर व्यक्तिगत स्वार्थपूर्तिका लागि तान्ने तर कम्युनिष्ट पार्टीलाई विभाजन गरेर भएपनि निहितार्थ पुरा गर्ने बाटो समात्न पुग्ने जस्ता दुर्भाग्यपूर्ण अवस्था दोहोरिरह्यो’ जारी विज्ञप्तीमा भनिएको छ।

    ओलीले क्रान्तिका उपलब्धिलाई धुलिसातपार्दै धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीत था समानुपातिक प्रणलीको मर्म र भावना विपरीतका अभिव्यक्ति दिने र प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिसँग निरन्तर साँठगाँठ गर्दै असंलग्न परराष्ट्र नीति विपरीत अन्तराष्ट्रिय सन्धी सम्झौताकालागि अगुवाइ गरेर देशलाई नै विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाउनेजस्ता राष्ट्रघाती अभियान जारी राखेको आरोप लगाएको छ।

    नेकपा (एमाले) पार्टीलाई पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले स्थापित गरेको वैचारिक मार्गदर्शन र नयाँ परिवेशको आवश्यकता अनुरुप समाजवादी क्रान्तिको नेतृत्वदायी शक्तिको रुपमा स्थापित गराइरहन पार्टीभित्र साङ्गठनिक पुनर्गठनको महाअभियानलाई तीव्रता दिन आह्वान समेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस