२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

वृद्धवृद्धा, अशक्त र विस्थापितलाई घरमै खोप

  • २०७८ भाद्र २६, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ २६, २०७८

    चौतारा : भोटेकोसीको लेकाली गाउँ पुग्ने सबै कच्ची सडक बर्खाको भेलले बगाएकाले हिँडडुल गर्न कठिन छ ।

    वृद्धवृद्धा र अशक्तलाई बोकेर स्वास्थ्यचौकी ल्याउन सक्ने अवस्था छैन । त्यसैले गाउँपालिकाले कोरोनाविरुद्धको खोप लगाउन अभियान नै तय गर्नुपर्‍यो ।

    ६० वर्ष कटेका वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त स्थानीयलाई भोटेकोसी गाउँपालिकाले घरघरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।

    गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको नेतृत्वमा बनेको कोभिड-१९ खोप अभियानअन्तर्गत स्वास्थ्यकर्मी र जनप्रतिनिधि खोप लगाउन स्थानीयको घरआँगनमा पुगेका हुन् ।

    वडा कार्यालयछेउमा रहेको स्वास्थ्य संस्थामा आइपुग्न छगाम, बगाम, भैरवकुण्ड, बोक्चेन, देउढुंगा, गोल्चीजस्ता दुर्गम बस्तीबाट हिँडेर आउन दिनभर लाग्छ ।

    लिस्ती, तातोपानी, मार्मिङ र फुल्पिङकट्टीमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीसहित जनप्रतिनिधिको टोलीले एक सातादेखि भोटेकोसीको पाँचै वडाको दुर्गम बस्तीमा पुगेर वृद्धवृद्धा र अशक्त स्थानीयलाई खोप लगाइरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस