२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्चीका १५ घर उच्च जोखिममा, घर छाडेर आफन्तको बस्न थाले

  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भदौ २५, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका( ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

    घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए ।

    उनका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् ।

    बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो । वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताए ।

    पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारसँग उनले आग्रह पनि गरे । जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताए । जोखिमयुक्त घरलाई जोगाउन स्थानीय सरकार लागिरहेको उनको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस