२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

हेलम्बु-मेलम्ची क्षेत्रको क्षति कम गर्न चेक ड्याम बनाउनुपर्छ : गृहमन्त्री

  • २०७८ भाद्र १९, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ १९, २०७८

    चौतारा : मेलम्ची नदीमा आएको गेग्रानसहितको बाढीबाट हुने क्षति कम गर्न  विभिन्न स्थानमा चेकड्याम बनाउनुपर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले चेकड्याम बनाएर क्षति कम गर्न सकिने बताएका हुन्।

    गृहमन्त्री खाँणले चीनको सेजुवान प्रान्तको उदाहरण दिँदै मेलम्चीको भन्दा ठूलो बाढीमा समेत चेकड्यामको कारण क्षति कम गराउन सकिएको बताए।

    मेलम्ची क्षेत्रमा समेत चीन र भारतबाट समेत विज्ञहरु बोलाएर यो क्षेत्रको अध्ययन गराउने र चेकड्याम निर्माण गरि गेग्रानसहितको बाढीको बहाव कम गराइ क्षतिको मात्रा घटाउन सकिने बताएका हुन्।

    ​‘मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स तथा मानव बस्तीहरु बचाउनका लागि कहाँ कहाँ कतिवटा ड्याम बनाउनुपर्ला भनेर विस्तृत अध्ययन गरिनेछ।‘ गृहमन्त्री खाँडले भने, ‘त्यसको लागि हामी चीन र भारतको एक्पोर्टिजहरुको अनुभव समेतको प्रयोग गर्नेछौं।‘ 

    मेलम्ची नदीमा गत असार १ गते आएको बाढीको कारण ठूलो धनजनको क्षति भएको थियो। त्यसपछि पुनः साउन १६ गते आएको बाढिले हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो मात्रामा भौतिक सम्पत्ति क्षति भएको छ। ६ वटा मोटरेवल पक्की पुल क्षति भएको छ भने सडक पनि ठाउँठाउँमा क्षति भएको छ। जसले गर्दा सो क्षेत्रमा अहिलेसम्म सहज यातायात सञ्चालन हुन सकेको छैन।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस