भदाै १५, २०७८
चौतारा : सिन्धुपाल्चोकबाट समानुपातिक सांसद इन्द्रमाया गुरुङसहित बागमती प्रदेशका एमालेका १२ सांसद् नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।
बागमती प्रदेशमा एमालेबाट निर्वाचित १२ सांसदले माधव नेपाल नेतृत्वको नवगठित नेकपा पार्टी रोजेका हुन्।
एमाले औपचारिक रुपमा फुटेर दुई दलमा विभाजन भएपछि एमाले त्यागेर बागमती प्रदेशका १२ सांसदले नयाँ दल रोजे।
उनीहरुले मंगलबार औपचारिक रुपमा एमाले छोडेर प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफूलाई सनाखत गराएका छन्।
प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईँले अझै केही सांसदहरु थपिने जनाएकी छन्। उनले अहिले पहिलो चरणमा १२ जनाले आफूलाई सनाखत गराएको भन्दै अरु सांसदहरुले पनि नयाँ दल रोज्ने दाबी गरिन्।
१२ जनाले आधिकारिक रुपमा एमाले छोडेर नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। अब निर्वाचन आयोगले संसदलाई दल विभाजनसम्बन्धी जानकारी गराएको ३० दिनभित्र शाक्यले विश्वासको मत लिनुपर्छ।
नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :
१. राजेन्द्र पाण्डे
२. मुनु सिग्देल
३. वसुन्धरा हुमागाईं
४. लक्ष्मण लम्साल
५. राजेन्द्रमान श्रेष्ठ
६. पार्वती सिलवाल
७. ईन्द्रमाया गुरुङ
८. माधव पौडेल
९. वसन्त मानन्धर
१०. रमा आले मगर
११. कुसुमकुमार कार्की
१२. कृष्ण खनाल
प्रतिक्रिया दिनुहोस