२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

देशभर पानी पर्ने‚ यस्तो छ आगामी तीन दिनको मौसम

  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित ३ साल अघि
  • भदौ १३, २०७८

    चौतारा : केही दिनदेखि सक्रिय रहेको मनसुन अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आगामी तीन दिनसम्म मौसम बदली रही देशभर वर्षा हुने सम्भावना रहेको छ।

    आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानमा  वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

    यस्तै‚ राति देशका अधिकांश स्थानमा पानी पर्ने जनाइएको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।री वर्षाको सम्भावना रहेको छ ।

    सोमबार दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। राति पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मंगलबार पनि पानी पर्ने सम्भावना रहेको छ। दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस