भदौ ९, २०७८
दोलखा : नेकपा (माओवादी केन्द्र) दोलखाले सांगठनिक गतिविधिलाई अगाडि बढाएको छ । माओवादी केन्द्रले स्थानीयतहको भेला सम्मेलनबाट पार्टीको सांगठनिक कार्य सुरु गरेको हो ।
माओवादी केन्द्रले संगठनको भेला सम्मेलन सगसँगै अन्य पार्टी परित्याग गर्नेहरुलाइ आफ्नो पार्टीमा स्वागत पनि गरेको छ । गत मंगलबार दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ को वडा भेला गर्दै ५१ सदस्यीय कमिटी चयन गरेको छ ।
वडाभेलाबाट निरे तामाङ नेतृत्वमा ५१ सदस्यीय वडा समिति गठन गर्दै विभिन्न जवस मोर्चाको समेत नेतृत्व चयन गरेको छ ।जसमा युवा, महिला, विद्यार्थी र किसान जस्ता जनवर्गीय संगठनको अध्यक्षको जिम्मेवारी बाँडफाड गरेको छ।
जिम्मेवारीमा वाइसीएल वडाध्यक्ष छिरिङ तामाङ, महिला संगठनको अध्यक्षमा माया तामङ, विद्यार्थी संगठनको अध्यक्षमा फुलमाया तामाङ र किसान संगठनको अध्यक्षमा कविता तामाङ चयन भएका छन् ।
वडा कार्यालयमा भएको भेलामा सयौं कार्यकर्ताहरुको सहभागी रहेको माओवादी केन्द्र दोलखाले जनाएको छ । यसै क्रममा नेकपा एमाले र नेपाली कांग्रेस लगायतका अन्य पार्टी परित्याग गरि १७ जना भन्दाबढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रम प्रवेश भएका छन् ।
कार्यक्रममा माओवादी केन्द्रको बागमती प्रदेश सदस्य कुलबहादुर बुढाथोकीको प्रमुख आथित्यतामा सम्मन्न कार्यक्रममा विशेष अतिथि गाउँपालिका इन्चार्ज सञ्जिव ओली थिए।
बिषेश अतिथि ओलीले अहिलेको यो कठिन परिस्थितिमा देशलाई निकाश र विकास दिने माओवादी केन्द्र नै भएको दाबी गरे। नेकपा एमाले र कांग्रेस परित्याग गरेर पार्टीमा आएकाहरुलाई स्वागत गरे।
प्रतिक्रिया दिनुहोस