भदौ ८, २०७८
चौतारा : अमेरिकामा बस्ने नेपालीले मेलम्चीका बाढी प्रभावितलाई सहयोग गरेका छन्। मेलम्ची ११ का सञ्जिव दुलालको पहलमा अमेरिकामा बसोबास गरिरहेका नेपालीले बाढी प्रभावितलाई रकम संकलन गरेर पठाएका हुन्।
संकलन गरिएको उक्त २ लाख रुपैयाँ सोमबार सञ्जिवका हजुरबुबा दोमप्रसाद दुलालले मेलम्ची पुनस् निर्माण तथा सरोकार समितिका संयोजक महाविर श्रेष्ठ र रेडियो मेलम्चीका दिपिन ढुंगानालाई हस्तान्तरण गरे।
समितिले बाढीपछि बस्ती जोगाउन र पुरानै अवस्थामा फर्काउन निरन्तर काम गरिरहेको छ। केही सहयोग होस् भनेर उक्त रकम हस्तान्तरण गरिएको सञ्जिवका दाइ सीपी दुलालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस