२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

मनसुनी वायुको प्रभाव : चार प्रदेशमा भीषण वर्षाको सम्भावना

  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ ६, २०७८

    चौतारा : मनसुनी वायुको प्रभावका कारण सोमबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    भीषण वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुने तथा नदी‚ खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

    सोमबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस