२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ ७, २०७८

    काठमाडौं : नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। शनिबारदेखि बसेको स्थायी कमिटीको बैठकले समाजवादसम्म पुग्ने लक्ष्य लिएर कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेका हो।

    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या समाधानका लागि समाजवादको लक्ष्यमा रहेका सबै पार्टीहरूसँग सहकार्य गर्नको लागि प्रयास गछौँ। समाजवादको लक्ष्य लिएका सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गछौँ। वैचारिक रूपमा सबै पार्टीसँग एकताको पहल गछौँ, भाग्दैनौँ।’

    उनले निर्वाचन आयोगमा दर्ता हुन लागेको नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत भइसकेपछि सरकारले पूर्णता पाउने दाबी गरे। ‘माधवजीहरूको पार्टीको निर्णय अन्तिम भइसकेपछि सरकारलाई पूर्णता दिइन्छ। अब एकदुई दिनमा पुरा हुन्छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो। सरकार र संसदलाई पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले सरकार गठनलाई ढिलाई भएको छ’ उनले भने। 

    बैठकले राष्टियता र प्रतिगमनविरूद्ध सचेत हुनुपर्ने बिषयमासमेत केन्द्रीत रहन आग्रह गरेको छ। बैठकले केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयलाई अनुमोदन गर्दै विभिन्न प्रदेशमा रहेको रिक्त पदाधिकारी नियुक्ति, पार्टीको विभिन्न विभाग, केन्द्रीय सदस्य नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर इन्चार्जको जिम्मा दिइएको समेत उनले बताए। 

    सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको समेत उनले जानकारी दिए। ‘राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा र पालिका अधिवेशन र प्रदेश अधिवेशनअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिकालाई छिट्टै तल पठाएपछि सबै काम सकिन्छ’ उनले भने।  

    केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ। बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो। प्रदेश १ मा भने पछि तोकिने जनाइएको छ। 

    प्रदेश : इन्चार्जको विवरण

    प्रदेश २ : गणेश साह

    वागमती : हितमान शाक्य

    गण्डकी : हितराज पाण्डे

    लुम्बिनी : चक्रपाणी खनाल

    कर्णाली : शक्तिबहादुर बस्नेत

    सुदूरपश्चिम : खगराज भट्ट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस