२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भोताङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार, काठमाडौं पठाइयो

  • २०७८ भाद्र ६, आईतबार मा प्रकाशित ३ साल अघि
  • भदौ ६, २०७८

    चौतारा : पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट ३ भोताङकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडानम्बर ३ का अध्यक्ष ङिमा छिरीङ तामाङले बताए।

    पाठेघरको मुखपुरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको स्वास्थ्य चौकी प्रमुख मिखायलले बताए।

    सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुत्केरी महिलाका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने कार्यक्रम अनुसार लक्ष्मी तामाङलाई उद्धार गरिएको हो ।

    अविरल वर्षाले सडकमा पनि क्षति पुर्याएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाँउपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस