२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

यसरी उठ्दैछ बगर बनेको मेलम्ची (तस्बिरमा हेर्नुहोस्)

  • २०७८ भाद्र ५, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ ५, २०७८

    चौतारा : असार १ र १६ गतेको बाढीमा बगर बनेको मेलम्ची बजार विस्तारै लयमा फर्कने प्रयासरत छ। मेलम्ची र इन्द्रावती नदीको संगममा रहेको मेलम्ची बजारमा यति बेला स्थानीय बासिन्दाको पहलमा धमाधम तटबन्ध निर्माण भइरहेको छ।

    स्काभेटरको सहयोगमा किनारा संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन्। मेलम्ची पुनर्निर्माण तथा सरोकार समितिको पहलमा बस्ती संरक्षण, सरसफाइ र बाढीपीडितलाई राहत वितरण भइरहेको पुनर्निर्माण अभियन्ता सागर श्रेष्ठले बताए।

    स्थानीय बासिन्दा आफ्नै पहलमा रकम संकलन गरी मेलम्ची संरक्षणमा जुटेका छन्। समितिको पहलमा मेलम्ची बजार आसपास रहेका बस्ती र दनुवार गाउँका बासिन्दालाई पनि राहत वितरण गरिएको छ।



    तस्बिर : महेश श्रेष्ठ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस