भदौ ४, २०७८
चौतारा : जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले लागुऔषध नियन्त्रण सम्बन्धि बिषयमा छलफल गरेको छ।
बिहिबार जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरीक्षक राजन अधिकारीको अध्यक्षतामा भएको छलफलमा लागुऔषध नियन्त्रणको बिषयमा छलफल गरेको हो।
सिन्धुपाल्चोकमा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या बढ्न थालेपछि प्रहरीले नियन्त्रणबारे चासो देखाएको छ।
बिहिबार भएको छलफलमा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुर्ख, नगर स्वास्थ्य प्रमुख, नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा प्रमुख, सामुदायिक सेवा केन्द्र अध्यक्ष र मेडिकल व्यवसायीलगायतको उपस्थिती रहेको थियो।
प्रतिक्रिया दिनुहोस