२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

जनैपूर्णिमाको अवसरमा पाँचपोखरीमा मेला नलाग्ने

  • २०७८ श्रावण ३२, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन ३२, २०७८

    चौतारा : सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र पाँचपोखरीमा यसबर्ष पनि जनैपूर्णिमाको अवसरमा मेला नलाग्ने भएको छ। कोरोना संक्रमणलाई मध्यननजर गर्दै यसबर्ष पनि मेला नलाग्ने भएको हो।

    कोरोना महामारी बढदो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बताए।

    गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।

    मेला तथा जात्राले कोरोना संक्रमण बढ्न सहयोग पुग्ने भएकाले मेला, जात्रा नगर्ने निणर्य गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले बताए।

    यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ। विभिन्न जिल्लाबाट सर्वसाधरणहरु भेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए। समुन्द्री सतहबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस