साउन २५, २०७८
चौतारा : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।
जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि सरकारले त्यसअनुसार काममा अगाडि बढाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
आइतबार बिहान खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन? भन्दा अझै पनि ती गतिविधिहरु तीव्रताका साथ अगाडि बढेका छैनन्।
बाढी पीडितको माग सम्बोधन र वयवस्थापन गर्नका लागि आफूले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता जाहेर गरे।
प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची क्षेत्रको अवलोकन गर्न जान चाहिरेपनि प्राविधिक कारणले निमिलेको प्रष्टाए।
प्रतिक्रिया दिनुहोस