२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राप्रपाको माग

  • २०७८ श्रावण २३, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन २३, २०७८

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा जबराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सिन्धुपाल्चोकका बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तर गर्न माग गरेका छन्।

    अध्यक्ष जबरासहितको टोलीले शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै मेलम्ची‚ हेलम्बुका बाढीपीडितको व्यवस्थापन गर्न माग गरेको हुन्।

    बाढीका कारण मृत्यु भएका र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन माग समेत गरिएको छ। तत्काल राहतको प्याकेज उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री समक्ष माग गरे।

    ुबाढीबाट क्षति भएका भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल बैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीनरूपमा पुनर्निर्माण गर्न र हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी पुनर्स्थापना गर्न माग गर्दछौँु ज्ञापनपत्रमा भनिएको छ।

    अहिले पनि निरन्तर रुपमा बाढी गइरहेकाले तत्काल विशेषज्ञको टोली खटाएर बाढीका कारण र अब बाढीले क्षति पुर्‍याउने स्थानको पहिचान गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत राप्रपाले अनुरोध गरेको छ ।

    बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले राहत र उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस