साउन २१, २०७८
चाैतारा : ब्लड क्यान्सरका कारणले छ महिनादेखि जीवन मृत्युसँग लडिरहेकी हेलम्बु गाउँपालिका-४ बस्ने सम्झना धिमाल लामिछानेकाे जीवनरक्षाकाे लागि सहयाेग अपिल गरिएकाे छ ।
६ महिनादेखि सिभिल हस्पिटलकाे बेडमा जीवन/मृत्युुसँग लडिरहेकी सम्झनाकाे उपचार आफ्नाे बलबुताले नभ्याउने भएपछि उनका श्रीमान् बिकल लामिछानेले सहयाेगकाे लागि अपिल गरेका हुन् ।
ब्लड क्यान्सरसँग लड्दै गरेकी सम्झनाको अचानक बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने भएको र बोन म्यारो प्रत्यारोपणका लागि ३० लाख भन्दा बढी रकमको आवश्यकता पर्ने भएकाले पति विकलले सहयोगका लागि अपिल गरेका छन् ।
उपचारको लागि हालसम्म १ लाख २ हजार जम्मा भएकाे सहयाेग संकलन अभियानता कविराज लामिछानेले जानकारी दिए ।
सहयाेग गर्न इच्छुकहरुकाे लागि क्यान्सर पीडित सम्झना धिमालकाे नाममा मेगा बैंक जाेरपाटी शाखामा रहेकाे खाता नं : १९९००५००१८९६८/- मा रकम जम्मा गर्न सकिने छ ।
सहयोगीहरुको सहजताको लागि इसेवा मार्फत (९८६०९६०३७५ सम्झना धिमाल लामिछाने) मा समेत पैसा जम्मा गर्न सकिने उनले भनाइ छ।
विकल लामिछानेलाई यतिबेला एकपछि अर्काे बज्रपात आइलागेकाे छ । श्रीमतीको उपचारकाे चिन्तामा रहेका विकल एकातिर हेलम्बु बाढीका कारण विस्थापित भएका छन्। भने, अर्कातिर बुबाकाे मृगौलामा समस्या आएपछि झनै संकटमा परेका छन् ।
थप जानकारीकाे लागि पीडितका श्रीमान् विकल लामिछाने (९८५११९३७०७) र सम्झना बचाउ अभियानका अभियान कविराज लामिछाने (९८६०९६०३७५) सँग सम्पर्क गर्न सक्नुहुने छ ।
प्रतिक्रिया दिनुहोस