२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्ची बाढीले ६७ घर टहरा बगायो, जोखिममा बाहुनेपाटी पुल

  • २०७८ श्रावण १९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • साउन १९, २०७८

    चौतारा : मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका ११ मेलम्ची बजारका थप सात घर बगाएको छ । असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो ।

    मेलम्ची बजार पिपलबोटका हरीशरण श्रेष्ठसहितको ६ र पुरानो बजारको १ घर बगाएको छ। शनिबार देखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएको छ ।

    हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

    चनौटे ग्याल्थुम र ढुंगे बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।

    यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस