२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

एमालेले असोज ३ मा वडा र ९ गते पालिकास्तरको अधिवेशन गर्ने

  • २०७८ श्रावण १८, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन १८, २०७८

    काठमाडौं : नेकपा (एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ।

    आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए। उनले स्थायी कमिटीको बैठक भोलि पनि बस्ने बताए।

    साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले सदस्यता नवीकरण र अद्यावधिक गर्न केन्द्रमा पठाइसक्नुपर्ने उनले जानकारी दिए।

    ‘यो किन गर्नुपरेको हो भने भदौँ २७ र २८ गते विधान अधिवेशन गर्दैछौँ। विधान अधिवेशनको लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरिएको छ।’

    महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए। विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस