साउन १७, २०७८
चाैतारा : सरकारी अध्ययन टोलीले सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रको पहिरो तत्काल नरोकिने निष्कर्ष निकालेको छ।
शनिबार राति मेलम्ची नदीमा आएको बाढीले केही घर र पुल समेत बगाएपछि आइतबार गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसहितबाट विज्ञहरुको टोली अनुगमनका लागि गएको थियो।
हेलिकोप्टरमार्फत मेलम्ची नदीको मुहान (जलाधार) क्षेत्रमा पुगेर अनुगमन गरेर फर्किएको सरकारी विज्ञहरुको टोलीले हेलम्बु–मेलम्ची क्षेत्रको पहिरो तत्काल नरोकिने निष्कर्ष निकालेको हो।
प्रतिक्रिया दिनुहोस