२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

हेलम्बुमा पुनःबाढी २० घर बगे, ३ स्थानीयतहसँगकाे सडक सम्पर्क विच्छेद

  • २०७८ श्रावण १७, आईतबार मा प्रकाशित ३ साल अघि
  • साउन १७, २०७८

    चाैतारा : मेलम्ची खाेलामा पुनःआएकाे बाढीका कारण २ ओटा पुल र २० ओटा घर बगेकाे छ । बाढीका कारण केही बजारहरु जाेखिममा परेका छन्।

    गत राति आएकाे बाढीले हेलम्बु गाउँपालिका २ र ६ जाेड्ने पक्कि पुल बगाएकाे छ । यस्तै हेलम्बुकाे १२ ओटा पक्कि र ८ ओटा कच्ची घर बगाएकाे सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिएका छन् ।

    बाढीकाे उच्च जाेखिममा रहेकाे हेलम्बु-४ काे ग्याल्थुम बजार र मेलम्ची नगरपालिका -६ काे सिमखेतमा रहेकाे बस्तिकाे सामानहरु नेपाली सेना र प्रहरीको सहयाेगमा सार्ने काम भैरहेकाे छ ।
    नगर प्रमुखले बस्ती जाेगाउन चासाे नदिएका कारण मेलम्ची बजार जाेखिममा परेकाे भन्दै स्थानियले नगर प्रमुख डम्बरबहादुर अर्यालकाे राजीनामा मागेका छन् ।

    नगर प्रमुखको बिरुद्धमा नाराबाजी गर्दै स्थानीयले नगरपालिकाकाे कार्यालय घेराउ गरिरका थिए । बाढीले सयाैं राेपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेकाे छ ।

    मेलम्चीदेखि माथि बाँकी रहेकाे एउटा पुल पनि बाढीसंगै बगेपछि हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट टुटेकाे छ । हेलम्बुमा रहेकाे राताे पुल बगेपछि हेलम्बुकाे वडा नं १,२,३ पाँचपाेखरी गाउँपालिकाकाे १ र २ नं र मेलम्ची नगरपालीकाकाे ७,८ र ११ नं वडाहरु कणालिमा परिणत भएकाे छ । तेस ठाउँमा यातायात पुर्ण रुपमा ठप्प हुँदा खाद्यान्न ढुवानि र बिरामी हस्पिटल सम्म लान समस्या परेकाे छ ।

    असार १ गते आएकाे भिषणबाढीमा परि ५ जनाकाे मृत्युु भएकाे थियाे भने अझै २० जना बेपत्ता छन् । गत असार १काे बाढीले ५ ओटा पक्कि पुल र ६ ओटा झुलुङ्गेगे पुल बगाएकाे थियाे । खाेला थुनिएर बाढी आएकाे भनियता पनि बाढी आउनुकाे वास्तविक कारण अहिलेसम्म पत्ता लगाउन सकिएकाे छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस