२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

चौतारामा रक्तदान कार्यक्रम, माेहन बस्नेत भन्छन् : जनताको दु:खमा सँगै छु

  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन १६, २०७८

    चौतारा : नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा शुक्रबार चौतारामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्याक्रममा एक सय २ जनाले रक्तदान गरेका छन्।

    कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको समन्वयमा बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र र चौतारा अस्पतालमा यसअघि नै ब्लड स्टोर गर्ने रेफ्रिजेरेटर दिएका थिए।

    पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका बस्नेतले सिन्धुपाल्चोकका बाढी पीडितलाई समेत सहयोग गर्दै आएका छन्। नेता बस्नेतले कोरोना संक्रमण सुरु भएदेखि नै जिल्ला भरका स्वास्थ्य इकाइहरुलार्इ स्वास्थ्य सामग्री समेत वितरण गर्दै आइरहेका छन्।

    बस्नेतले कोरोना भाइरसको सुरुवाती चरणमै जिल्लाका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य विमा पनि आफैले गराइदिएका थिए। जिल्लावासीको हरेक दुःखमा आफू र आफ्नो पार्टी सधै साथमै रहने पूर्व मन्त्री बस्नेतको भनाइ छ।

    उनले सहयोगको कार्यक्रमलाई निरन्तरता दिइने समेत प्रतिबद्धता जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस