२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिन्धुपाल्चोकमा निषेघाज्ञा थप, विद्यालय खोल्नेबारे अध्ययन

  • २०७८ श्रावण १५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • साउन १५, २०७८

    चौतारा : कोरोना भाइरसको संक्रमणदर बढ्ने जोखिम कायमै रहेकाले सिन्धुपाल्चोक जिल्लामा निषेघाज्ञा लम्बाइएको छ। बिहिबार बसेकोे प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले निषेघाज्ञा थप गर्ने निर्णय गरेको हो।

    असार ३१ गतेबाट जारी निषेघाज्ञा साउन २९ गतेसम्मलाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ।

    स्वास्थ्य कार्यालयको प्रमुख दुर्गादत चापागाई र शिक्षा विकास तथा समन्वय समितीको प्रमुख कृष्ण सुवेदीलाई कोरोनाको कारण बन्द रहेको विद्यालय कसरी सञ्चालन गर्न सकिन्छ? भन्ने बिषयमा अध्ययन गरेर १० दिनभित्र प्रतिवेशन बुझाउन निर्देशन समेत बैठकले दिएको छ।

    चिनसँग सीमा जोडिएको भोटेकोशी र जुगल गाउँपालिकाका १८ बर्ष माथिका सबै नागरिकलाई खोेपको लागि लगाउन दिने अनुमति समेत दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस