साउन १५, २०७८
चाैतारा : नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले हेलम्बु-मेलम्ची बाढीबाट क्षति ब्यहाेरेकाे संञ्चार संस्था र सञ्चारकर्मीहरूलाई आर्थिक सहयोग गरेकाे छ । शुक्रबार मेलम्चीमा एक कार्यक्रमकाबीच सहयाेग हस्तान्तरण गरिएकाे हाे ।
बाढीले सामुदायिक रेडियाे रेडियाे मेलम्चीकाे नवनिर्मित भवनमा क्षति पुर्याउनुकाे साथै केही सञ्चारकर्मीहरुकाे घर खेत बगाएकाे थियाे।
प्रेस युनियन सिन्धुपाल्चोकले भवन क्षति भएकाे रेडियाे मेलम्चीलाई २० हजार , बाढीबाट क्षति ब्यहाेराेकाे पत्रकारहरू महेश श्रेष्ठ, जगन्नाथ दुलाल र दुर्गा दुलाललाई जनही २० हजारका दरले सहयोग गरेकाे हाे ।
त्यसैगरी पत्रकार किशोर बुढाथोकी, विदुर गिरी र सन्तोष सिग्देललाई आफु अस्वस्थ भएर पनि बाढी प्रभावितहरूको समाचार संकलनमा निरन्तर खटिएको भन्दै जनही ५ हजारका दरले प्रोत्साहन रकम हस्तान्तरण गरेकाे थियाे ।
प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष दुर्गा आचार्यले पत्रकारहरुकाे सारथि बन्दै उनिहरुकाे पीडामा मल्हम लगाउने संगठनकाे उदेश्य रहेकाे बताइन् ।
युनियनले मेलम्ची पुननिर्माण अभियान्तालाई सहयाेगार्थ ५ सय थान माक्स समेत हस्तान्तरण गरेकाे छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका संस्थापक अध्यक्ष विष्णु न्यौपाने, पुर्व अध्यक्ष ऋषिराम पाैडेल, प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलाललगायतले मन्तव्य राखेका थिए।
गत असार १ गते आएकाे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा ठुलाे जनधनकाे क्षति गरेकाे थियाे।
प्रतिक्रिया दिनुहोस