२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

जुरेपीडितको रकम निकासा गर्ने विषयमा सभामुख र गृहमन्त्रीबीच छलफल

  • २०७८ श्रावण १४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • साउन १४, २०७८

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटा र गृह मन्त्री बालकृष्ण खाणबीच आज छलफल भएको छ।

    सिंहदरबास्थित सभामुखको कार्यकक्षमा संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने, प्राकृतिक विपत्तिलगायतका विषयमा छलफल भएको हो।

    सभामुख सापकोटा र मन्त्री खाणबीच यसबर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्र्दभमा सरकारी तयारीबारे पनि छलफल भएको छ।

    सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी गराए।

    सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए।

    यसबर्ष मनसुनको सुरुआतसँगै मनाङ् र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गतबर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस