साउन ११, २०७८
चाैतारा : सरकारले कोरोना संक्रमणको तेस्राे लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको छ ।
साथै मौजुदा सिलिन्डरहरू पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट र अक्सिजन ट्यांक तथा अक्सिजन कन्सनट्रयाटर चालु र चुस्त अवस्थामा राख्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस