२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

हेलम्बु र मेलम्ची बाढी प्रभावितलाई माओवादी केन्द्रको सहयोग

  • २०७८ श्रावण ११, सोमबार मा प्रकाशित ३ साल अघि

  • साउन ११, २०७८

    चौतारा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको समन्वयमा मेलम्ची बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको छ।

    माओवादी केन्द्रले नेतृत्व गरेको प्रदेशभरका स्थानीय तहहरुबाट रकम संकलन गरेर बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको हो।

    गत असार १ गते हेलम्बु मेलम्ची बाढी पीडित स्थानीय तहमा बाढी पहिरो व्यवस्थापन तथा पुनःस्थापनाको लागि सहयोग हस्तान्तरण गरिएको हो।

    मेलम्ची र हेलम्बुलाई २३ लाख २९ हजार ९ सय ९९ र पाँच पोखरी थाङ्पाल गाउँपालिकालाई २० लाख २९ हजार ९ सय ९९ रुपैयाँ हस्तान्तरण गरेको हो।

    बाढी पहिरो व्यवस्थापन र पुर्ननिर्माण कार्यमा माओवादी केन्द्रले शुरुको दिनदेखी नै स्थानिय सरकारहरुसंग समन्वय गर्दै आएको छ।

    पुर्ननिर्माण कार्यमा सक्रियतापूर्वक लाग्ने साथै कतिपय नगर गाँउपालिकाबाट सिधै रकम आइसकेको र बाँकी रकम छिटै संकलन गरि वा सिधै पठाउने व्यवस्था पनि गरिने केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज माधव सापकोटा सुवोधले बताए।

    रकम हस्तान्तरणमा नेताहरु नारायण दाहाल, हितमान शाक्य, हित ब. तामाङ, माधव सापकोटा सुबोध, युवराज दुलाल शरद, चन्द्रबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस