असार ४, २०७८
काठमाडौं : सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट अत्याधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो ।
विपद् जोखिम न्यूनीकरण ऐनअनुसार उक्त निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस