साउन २, २०७८
अमित घिमिरे
‘कविजी’
‘भन्नु न’
जिम्दै मरेकी र मरिरहने नारीको एउटा कथा लेख्न लाग्या।
अनि,
थिम दिनु न।
उनको अनुरोध कठिन थियो । जिम्दै मरेकी र मरिरहने नारी‘।। को र कस्ती होलि त ऊ । केहीबेरको मथिङ्गल पछि एउटा प्लट आयो र उनको म्यासेञ्जरमा सिधै लेखिदिएँ ।
उठानः
विवाह पूर्व यौन लिप्साले यौन कुण्ठाले कथित प्रेमिलाई शरीर सुम्पन्छे । प्रेमि बोको चरित्रको लालची हुन्छ । उनको केही कमाई लिएर चम्पत हुन्छ । र अर्कैसँग लाग्छ ।
यता ती नारीको जीवनमा पनि अर्को पुरुष आउँछ । वेहद माया गर्ने । तर जसै उनको विगतमा यौन लिप्साले यौन कुण्ठाले आफैं बन्दक भएर हप्तौ अस्मिता लुटाउँदै आएकी तथ्य जगजाहेर हुन्छ र त्यो पुरुष पनि उनको जीवनबाट जान्छ ।
मध्यान्तरः
के बाँकी रह्यो र अब । बरु बलात्कृत भएकी भए सम्मान र सहानुभूति रहने थियो । मानौ भोलि विवाह नै भएपनि अरु कसैलाई उसको लुटिएको अस्मिताका बारेमा थाहा नभएपनि आफैलाई कसोरी ढाटोस् ।
जीवन विताउने सन्तान जन्माउने नारी यौन लिप्साले, यौन कुण्ठाले भष्म भएकी हुने हुँदा । पतिलाई समेत दिने न शरीर पवित्र, न मन पवित्र भएपछि जिम्दै मरेकी र मरिरहने नारी हुनु भन्दा।
अन्त्यः
मर्नु ठीक ठानेर अपवित्र शरीर र मन लगेर कुदेर आएको टिप्पर मुनि विसर्जन गर्छे र वदलामा थोरवहुत किरिया खर्च र क्षतिपूर्ति प्राप्त हुन्छ ।
वा
म यस्सै यौन लिप्साले, यौन कुण्ठा ग्रस्त, उस्सै यौन लिप्सित एकै पटक मर्दिन बरु पटक पटक मरेर बाँच्छु भनेर रत्नपार्कतिर जान्छे ।
(कुनै जीवित वा मृत्त व्यक्तिको जीवनमा मेल नखाएमा मात्र संयोग हुने छ)
प्रतिक्रिया दिनुहोस