साउन १, २०७८
चाैतारा : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरु नागरिकमुखी हुनुपर्ने बताएका छन् । समाजलाई सहि बाटाे देखाउन मिडियाकाे भुमिका महत्त्वपूर्ण हुने भएकाले सञ्चारकर्मीले सहि सूचना मात्र प्रवाह गर्नुपर्ने उनलेे बताए।
लाेकप्रिय समाचार दैनिककाे नवाैं बार्षिक सभालाई सम्बाेधन गर्दै अध्यक्ष बस्नेतले माेफसलका मिडियाहरुकाे संरक्षण गर्दै काउन्सिलकाे गरिमालाई कायम राख्ने बताए।
नागरिकले पत्रकारहरुकाे सामाजिक सञ्चालनलाई पनि सूचनाको स्राेतकाे रुपमा लिने भएकाले पत्रकारले सामाजिक सञ्जालमा पनि सत्यतथ्य र सन्तुलित कुरा लेख्नुपर्ने उनकाे भनाइ थियो।
कार्यक्रममा इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले मिडियाले गर्ने स्वच्छ आलाेचनाबाट काेहिपनि आत्तिनु नपर्ने धारणा राखे ।
स्थानीय सरकारले जिल्लामा संचालित मिडियाकाे संरक्षणकाे लागि चासाे सदैव राखिरहने अध्यक्ष तामाङले बताए।
बलेफि गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले पत्रकारले सधै अरुलाई प्रश्न गर्ने भन्दा पनि आफुप्रति आम नागरिककाे प्रश्न के छ भन्नेमा ध्यान दिनुपर्नेमा जाेड दिए। उनले केही मिडियाले आफ्नाे मर्यादा भुलेकाे भन्दै आक्राेस पाेखे।
प्रतिक्रिया दिनुहोस