२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

लयमा फर्किने प्रयासरत छन् मेलम्चीबासी, तस्बिरमा हेर्नुहोस्

  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • साउन १, २०७८

    चौतारा : मेलम्ची खोला उर्लिएर मेलम्ची बजार बगर बनेको एक महिना पुरा भयो। गत असार १ मा मेलम्ची नदीमा लेदोसहित आएको बाढीका कारण यस क्षेत्रमा घर, पुल, सडक, झोलुङ्गे पुल, बसपार्कलगायतका धेरै पूर्वाधार क्षतिग्रस्त बनेका छन्।

    सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारअन्तर्गतका विभिन्न संरचना क्षतिग्रस्त बनेका छन् ।

    झण्डै १५० मिटर सडकमा तलबाट नदीले र माथिबाट पहिरोले असर पु¥याएको देख्न सकिन्छ । मेलम्ची र इन्द्रावती नदीलाई पूरानै अवस्थामा फर्काउन प्रयास भइरहेको नगरप्रमुख डम्बरअर्यालको भनाइ छ।

    मेलम्चीवासी बाढी पसेको घरबाट लेदो र बालुवा निकालेर पुनः बस्तीमै फर्किने प्रयास गरिरहेका छन्। नदीले बहाव परिर्वतन गरिरहेपछि पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ।

    हेर्नुहोस् तस्बिरमा

    तस्बिर : सामाजिक सञ्जालबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस