२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दुई चरणमा खोप अभियान, यस्ता व्यक्तिहरु पर्छन् प्राथमिकतामा

  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • साउन १, २०७८

    चौतारा : कोरोना भाइरसविरुद्धको खोप अभियान दुई चरणमा हुने भएको छ। यहि साउन ३ गतेदेखि पहिलो चरणमा ६ वटा स्थानीय तहमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको हो।

    पहिलो चरणमा मेलम्ची, हेलम्बु, इन्द्रावती, जुगल, बलेफि, लिशंखुपाखर मा ५५ बर्षमाथिकाहरुलाई खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए।

    उनले भने, ‘यसअघि १ मात्रा पनि खोप नपाएका व्यक्तिहरु, कलेज तथा विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकहरुलाई कोरोनाबिरुद्धको खोप (भेरोसिल) को पहिलो मात्रा दिइन्छ।’

    स्थानीय तहहरुले निर्धारण गरेका खोप केन्द्रहरुबाट खोप प्रदान गरिने हुँदा खोप केन्द्रबारे जानकारी लिन सम्बन्धित स्थानीय तहहरुमा सम्पर्के गर्ने उनले बताए।

    ‘दोस्रो चरणमा बाँकी ६ वटा स्थानीय तहहरुमा सञ्चालन हुन्छ’ उनले भने, ‘केन्द्रबाट १ हप्तामा थप खोप प्राप्त हुन्छ। थप खोप प्राप्त हुनासाथ दोस्रो चरणको मिति सार्वजनिक हुन्छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस