असार २९, २०७८
चौतारा : जुगल गाउँपालिका ३ नेसम खोलामा तुईन निर्माणको कामले तिव्रता पाएको छ। यहि असार १ गते आएको बाढीले नेसाम खोलाको पुल बगाएर गुम्बाको माथिल्लो भेगमा बस्ने नागरिकलाई आवतजावत ठप्प भएपछि तुईन निर्माण गर्न लागिएको हो।
माओवादी केन्द्रका नेता कार्यकर्ता लगायतको पलह नेसम खोलामा तुईन हाल्ने काम भइरहेको छ। माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला र जुगल गाउँपालिका पार्टी नेता तथा कार्यकर्ताले रकम सङ्कलन गरि तुइन किन्ने, बेश बनाउने र तुइन नेशम खोला सम्म पुर्याएका छन्।
सरकारी स्तर बाटै सम्पादन हुनुपर्नेमा स्थानीय सरकारको बेवास्ताको कारण माओवादी केन्द्रले तुइन निर्माणको ८० प्रतिशत भन्दा धेरै काम भइसकेको छ।
अबको ७ दिन भित्र तुइनबाट आवतजावत गर्न सकिने माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले बताए।
प्रतिक्रिया दिनुहोस