असार २६, २०७८
चौतारा : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने आश्वासन दिएर फर्किएका छन्।
पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।
बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए।
यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस