असार २५, २०७८
एजेन्सी : वर्षाको बेलामा रोगको चपेटामा परिने खतरा दुईगुणा बढ्छ । यस्तोमा इम्युनिटी बलियो हुन आवश्यक छ ।
यहाँ हामी इम्युनिटी वृद्धि गराउने खानेकुराहरूको चर्चा गर्दैछौं ।
तुलसी
तुलसीमा पोषक तत्त्व, एन्टी–बायोटिक, एन्टी–ब्याक्टेरियल र औषधीय गुणहरू पाइन्छन् । तुलसीको काढा बनाएर पिएमा इम्युनिटी र पाचनतन्त्र बलियो बन्छ ।
अदुवा
अदुवा पनि औषधीय गुणले भरपूर वनस्पति हो । यसले पनि इम्युनिटी बढाउने र पाचन दुरुस्त राख्ने काम गर्छ । नियमित रूपमा अदुवा हालेको चिया वा काढा पिउने गर्दा मौसमी रुघाखोकीबाट बच्न सकिन्छ ।
लसुन
लसुन औषधि नै हो । यसको सेवनले शरीरको प्रतिरोधक क्षमता बढ्छ । संक्रमणसँग लड्ने शक्ति यसले उपलब्ध गराउँछ । मौसमी रुघाखोकीबाट जोगाउने अनि लागेमा छिटो निको बनाउने काम पनि यसले गर्छ ।
बेसार
बेसार इम्युनिटी बढाउने गुणकारी वनस्पति हो । यसलाई दूध वा पानीमा राखेर सेवन गर्न सकिन्छ । यसले रुघाखोकीबाट जोगाउँछ ।
कागती
कागतीले निकै द्रुत गतिमा इम्युनिटी बढाउने काम गर्छ । वर्षामा रुघाखोकी र ज्वरोबाट जोगिन कागती सेवन गर्ने गर्नुपर्छ । भाइरसको चपेटाबाट निको हुन पनि कागतीले सहायता गर्छ ।
प्रतिक्रिया दिनुहोस