असार १८, २०७८
चाैतारा : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिनका लागि साइरन जोडेको छ ।
बाढीको पूर्व सूचना पाएसँगै मानिस सुरक्षित स्थानतर्फ जानसक्ने र मानवीय क्षति कम हुने भएकाले साइरन जोडिएको नगरपालिकाले बताएको छ ।
असार १ गते सिन्धुपाल्चाेकमा बाढीमा परी पाँच जनाले ज्यान गुमाएका थिए । निरन्तर बर्षाले अहिलेसम्म मेलम्ची क्षेत्रमा जाेखिम कायमै रहेकाे छ।
प्रतिक्रिया दिनुहोस