असार १८, २०७८
चाैतारा : सिन्धुपाल्चोकको ४ सय ९४ घर बाढी पहिरोको उच्च जोखिममा रहेका छन्।
बिहीबार हेटौंडामा बसेको बागमती प्रदेशको संसद बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सिन्धुपाल्चोकको ४ वटा स्थानीय तहको ४ सय ९४ घर विपद्को जोखिममा रहेको बताएका हुन्।
पाण्डेले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तीनसय ५०, हेलम्बु गाउँपालिकाको एक सय २०, मेलम्ची नगरपालिकाको २० र पाँचपोखरी थाङपाल गाउँपालिकाका ४ वटा घर अझै पनि बाढी पहिरोको उच्च जोखिममा रहेको जानकारी दिएका छन्।
गएको असार १ गतेदेखि परेको वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको दुई सय ९३ घरपरिवार विस्थापित भएका पनि पाण्डेले बताएका छन्। उनका अनुसार बाढीले हेलम्बु गाउँपालिकाको दुई सय ४, पाँचपोखरी थाङपाल गाउँपालिकाको ६५ र मेलम्ची नगरपालिकाको २४ घरपरिवार विस्थापित भएका छन्।
त्यस्तै पाण्डेले सिन्धुपाल्चोकमा आएको बाढीमा परेर दुई जना चिनिया, दुई जना भारतीय र एक जना नेपाली नागरिकसहित ५ जनाको मृत्यु भएको समेत संसदलाई जानकारी गराएका थिए। हालसम्म बाढी पहिरोमा परेका २० जना सम्पर्कविहीन भएका उनले त्यस क्रममा बताए।
भासिएर खोला खोलामा पुगे खोला बढेर सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुको जस्तै अवस्था आउन सक्ने उनले चेतावनी पनि दिए।
प्रतिक्रिया दिनुहोस