२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

विपद् व्यवस्थापनमा देखिएन सरकारी तदारुकता, सिन्धुपाल्चोकमा जाेखिम कायमै

  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • असार १५, २०७८

    चाैतारा : प्राकृतिक बिपत्ति हुने जिल्लाहरु मध्ये सिन्धुपाल्चोकको नाम अग्र स्थानमा आउने गर्दैछ । पूर्वतयारी नहुँदा बाढीपहिराेकाे कारण सिन्धुपाल्चोकमा बर्सेनि ठुलाे जनधनको क्षति हुने गरेकाे छ ।

    विस्थापित भएकाहरूलाई अस्थायी आवासमा राख्नुपर्ने र जोखिमपूर्ण बस्तीलाई सुरक्षीत स्थानमा सार्नको लागि जोखिमको पुर्वतयारीमा जुट्नुपर्ने निकाय भने बर्षा लागेपछि नाम मात्रको तयारी गर्ने गरेको छ ।

    २०७१ सालको जुरे पहिरोपछि हरेक बर्ष प्राकृतिक बिपत्ति भोग्दै आएको सिन्धुपाल्चोकमा गत वर्ष मात्रै ७४ जनाको ज्यान गएको थियो भने ३५ जना अझै बेपत्ता रहेकाे सरकारी तथ्यांकमा देखिन्छ । करिब ४०० घर विस्थापित विस्थापित भएका थिए ।

    पहिरोको १० महिना पुरा हुनै लाग्दा समेत सरकारी क्षेत्रबाट भने कुनै प्रभावकारी काम हुन सकेको छैन। विभिन्न निजी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न सहयोगहरु प्राप्त भईरहँदा सरकारी निकाए भने अझै तथ्यांक संकलन गरेरै समय कटाईरहेको छ ।

    गतबर्ष पहिरोले विस्थापित भई बाँसखर्कमा आश्रय लिएका लिदीपीडितलाई क्रिकेटर सन्दिप लामिछानेले अस्थायी आवासका लागि केही थान जस्ता र फलामका पाईप दिएपछि मात्रै सेना तथा अन्य सुरक्षाकर्मी मार्फत टहरा बनाउने योजनामा जिल्ला विपद् व्यवस्थापन समितिको तयारी छ ।

    निजि क्षेत्रले विस्थापितलाई सुरक्षित गर्न पहल गरिरहँदा सरकारी निकाय भने दाताले दिएको सामाग्री गनेरै बर्षौं विताईरहेको छ । ७१ सालको जुरे पहिरो प्रभावित समेत आफ्नै ढंगबाट बसोबास गरिरहेका छन् भने गतबर्षको लिदी, घुम्थाङ् तथा जम्बु पहिरोको प्रभावित समेत पालमै रात काटिरहेका छन् ।

    आफुहरुको स्थायी बसोबासको लागि अहिलेसम्म सरकारले केही नगरेको आरोप पीडितहरुको छ । छिटोभन्दा छिटो स्थायी बासको प्रबन्ध मिलाउनु पर्ने पिडितहरुले बताउछन्।

    बाढी तथा पहिरो प्रभावितहरुका लागि निजि क्षेत्रहरूले सहयोग गर्दै आएका छन् । सरकारी क्षेत्रले गर्नुपर्ने काम निजि क्षेत्रले गर्न थालेपछि मात्रै पिडीतले अस्थायी आवास पाउने भएका छन् । क्रिकेटर सन्दिप लामिछानेले आज हस्तान्तरण गरेको जस्ता र फलामे डण्डीको प्रयोग गरी सरकारले अस्थायी आवास बनाउने तयारी सुरु गरेको हो ।

    ७ बर्ष पहिले १ सय ४५ जनाकाे ज्यान लिएकाे जुरे पीडितहरुकाे सहयाेगकाे लागि जनस्तरबाट संकलित २ कराेड २४ लाख रुपैयाँ अझै सरकारी खातामै थन्किएकाे छ । सरकारकाे अकर्मण्यताका कारण अझै साे रकम पिडितले पाउन सकेका छैनन् ।

    आफ्नाे बस्ती असुरक्षित रहेकाे भन्दै लिदीबासीले जिल्ला विपद व्यवस्थापन समिति समक्ष ज्ञापन पत्र बुझाएका थिए । सम्बन्धित निकायले समयमै बस्ती स्थानान्तरण गर्न नसक्दा लिदिमा ३९ जनाले ज्यान गुमाए लिदी पहिरोबाट विस्थापित भएका १ सय ७२ परिवार अझै पाल र टेण्टमा बस्दै आएका छन् ।

    गत बर्ष गरिएको एक अध्ययनले जिल्लामा १८ बस्तीमा करिब १ हजार घर जोखिममा रहेको देखाएको थियो । उनीहरूलाई सुरक्षित स्थानमा सार्न समेत सरकारी तवरबाट कुनै ठोस काम भएको देखिदैन ।

    आफुहरु जोखिमपूर्ण बस्तीका मानिसलाई सुरक्षीत गर्न विभिन्न काम गरिरहेको राष्ट्रिय विपद् प्राधिकरण सिन्धुपाल्चोकका जिल्ला ईन्जिनियर सन्तोष निरौलाले बताए ।

    यस बर्ष मनसुन अत्याधुनिक हुने माैसाविद्हरुले सचेत गराइसकेका छन् । मनसुनकाे सुरुवाती चरणमै असार १ गते मेलम्ची, हेलम्बु र पाँचपाेखरीमा आएकाे बाढीले ठुलाे जनधनकाे क्षति गरेकाे छ । बाढीकाे १४ औं दिन बितिसक्दा पनि बिस्थापितहरुकाे स्थानान्तरणकाे काम अन्याेलमै देखिन्छ ।

    जिल्ला विपद व्यवस्थापन समितिले अझै क्षतिकाे यथार्थ विवरण दिन सकेकाे छैन । समयमै जाेखिमयूक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्न नसके यसबर्ष पनि बिपत्तिकाे सम्भावाना देखिन्छ । क्षति भैसकेपछि राहत बाेकेर जानूभन्दा पनि क्षति न्युनिकरणकाे लागि सम्बन्धित निकायल जिम्मेवार हुन जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस