२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

उपत्यकामा भोलिदेखि जोर-बिजोरमा सार्वजनिक यातायात चलाउन पाइने

  • २०७८ अषाढ १४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असार १४, २०७८

    काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    निर्णयअनुसार अब २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने भएको छ ।

    आज बसेको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय पनि गरेको छ ।

    निषेधाज्ञाको समयमा भोलिदेखि खाद्यान्न तथा किराना पसहरू बिहानदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै बार तोकेर खोल्न दिइएका पसलहरू भने प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस