असार १२, २०७८
चाैतारा : मेलम्ची खाेलामा अाएकाे बाढी र त्यसपछिकाे निरन्तरकाे कटानले मेलम्ची बजारकाे एक घर बगाएको छ।
मेलम्ची नगरपालिका ११ गाेपाल दुलालकाे तीन तले घर बाढीमा मिसिएको हाे।
असार १ पछिकाे अविरल वर्षापछि मेलम्ची र इन्द्रावती अाएकाे बाढीकाेकटान अझै राेकिएकाे छैन।
असार १ गतेदेखि आएको बाढीमा परि ४ जनाकाे मृत्यु भएकाे छ भने २० जना अझै बेपत्ता छन्। बाढीकाे कारणले सयौं परिवार विस्थापित भएका छन्।
अबिरल बर्षापछि मेलम्ची र इन्द्रावती खाेलाकाे बहाव समेत बढ्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित बस्न अाग्रह गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रकाश सापकोटाले बताए।
मेलम्ची खाेलामा अाएकाे बाढीले ठुलाे जनधनको क्षति गरेकाे छ। नदि अाफ्नाे धारमा बग्ने अवस्था नभएकोले अझै कटानकाे जाेखिम उच्च छ।
प्रतिक्रिया दिनुहोस