२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

काठमाडौंले हेलम्बुलाई हेपेकाे अनुभूति भएर सहयाेग लिएनाैैँ : अध्यक्ष शेर्पा

  • २०७८ अषाढ ९, बुधबार मा प्रकाशित ३ साल अघि
  • असार ९, २०७८

    चाैतारा : काठमाडौं महानगरपालिकाले गरेको सहयोग हेलम्बु गाउँपालिकाले अस्वीकार गरेको छ।

    बढी क्षति भएको र मेलम्ची खानेपानीको मुहानसमेत रहेको हेलम्बुलाई महानगरले हेपेको जसरी सहयोग गरेको भन्दै सहयोग रकम लिन अस्वीकार गरेको हो।

    महानगरपालिकाको नगरसभाले असार १ गतेको बाढीको कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको मेलम्ची नगरपालिकालाई दुई करोड तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकलाई ५०/५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

    जसअनुसार महानगर प्रमुख विद्यासुन्दर शाक्य आफैं मेलम्ची आएर रकमको चेक हस्तान्तरण गर्दा मेलम्ची र पाँचपोखरी थाङपालले मात्र चेक लिएका थिए।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बढी क्षति भएको ठाउँमा कम र कम क्षति भएको ठाउँमा बढी सहयोग गर्ने महानगरको नीति आफू र हेलम्बुवासीलाई ठिक नलागेकाले रकम अस्वीकार गरेको बताउँछन्। 

    असार १ गतेको बाढीले सिन्धुपाल्चोकमा भएको क्षतिमध्ये ८० प्रतिशतभन्दा धेरै क्षति हेलम्बुमा भएको शेर्पाको भनाइ छ। हेलम्बुमा मात्रै २०० भन्दा बढी घर क्षति, मानवीय क्षति भएको उनले जानकारी दिए।

    ‘हामी सहयोग त ५० लाख नै होइन, एक हजार रुपैयाँ दिएको भए पनि स्वीरकार्छौं,’ अध्यक्ष शेर्पाले भने, ‘तर राजधानीलाई पानी खुवाउने र सबैभन्दा धेरै क्षति भएको हेलम्बुलाई गरेको कम सहयोग गर्दा हामीलाई हेपेको जस्तो अनुभूति हामीलाई भएको छ।’ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस